Connect with us
Advertisement

एआईले विश्वव्यापी साइबर अपराध बढाउने चिन्ता

Published

on

विश्वको सबैभन्दा ठूलो पुनर्बिमा जर्मन कम्पनी ‘म्युनिख रे’ले प्रविधिको तीव्र विकास, विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्सका कारण बढ्दो साइबर जोखिमबारे चिन्ता व्यक्त गरेको छ।

पुनर्बिमा कम्पनीले बिहीबार प्रकाशित गरेको आफ्नो प्रतिवेदनमा गत महिना ‘साइबर अपराधमा  वृद्धि भएको र यसमा रेन्समवेयर’ले भूमिका खेलेको उल्लेख गरेको छ। रेन्समवेयर यस्तो साइबर हमला हो जहाँ भाइरस भएको सफ्टवेयर इन्टरनेटको माध्यमबाट पठाइन्छ। गत वर्ष मात्रै अघिल्लो तीन वर्षको तुलनामा दोब्बर साइबर अपराध आक्रमण भएको थियो।

डाटा प्लेटफर्म स्टाटिस्टाले साइबर अपराधको वार्षिक विश्वव्यापी लागत ८.१५  ट्रिलियन अमेरिकी डलरबाट १३.८ ट्रिलियन अमेरिकी डलरमा बढ्न सक्ने अनुमान गरेको छ। साइबर अपराधीले एआईद्वारा सञ्चालित फिसिङ इ–मेलहरू र कलहरू पीडितहरूलाई धोका दिन प्रयोग गर्न सक्ने प्रविधि विशेषज्ञहरूको समूह ‘म्युनिख रे’ले चेतावनी दिएको छ।

एआईद्वारा निर्माण गरेको ‘भ्वाइस इन्जिन’ले रेकर्ड गरेको श्रव्य सामग्रीको मात्र १५ सेकेन्ड प्रयोग गरेर कुनै पनि व्यक्तिको आवाज उत्पन्न गर्न सक्ने र त्यो धेरै जोखिमपूर्ण मानिएको उनीहरूले बताएका छन्।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

देशभर सामान्य बदली : तराईमा भइरहेको चर्को गर्मी आज केही कम हुने अनुमान

Published

on

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बिहान कोशी र गण्डकी प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित सामान्य पानी परेको छ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेकाले केही ठाउँमा बदली र बर्षा भएको हो ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ ।

गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुइ स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा सामान्य हिमपातको सम्भावना रहेको छ ।

यसैबीच तराई मधेशका क्षेत्रमा भइरहेको चर्को गर्मी आज केही कम हुने अनुमान रहेको छ । बदली र हावाहुरीका कारण गर्मी केही घटेपनि केही दिन तातो हालाको लहरको जोखिम भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Continue Reading

Banner

गर्मीले भारतमा ३२० को मृत्यु

Published

on

तापक्रम बढेसँगै गर्मी र तातो लहरले भारतमा ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ। एजेन्सीका अनुसार पछिल्लो ४ दिनमा ३ सय २० भन्दा बढीको मृत्यु भएको हो। बिहीबारदेखि शनिबारसम्म उत्तर प्रदेशमा मात्र सबैभन्दा बढी १ सय जनाको ज्यान गएको हो।

बुधबारदेखि शनिबारसम्ममा राजस्थानमा चलेको तातो लहरका कारण ६० जनाको ज्यान गएको छ। यसैगरी झारखण्डमा ३७, ओडिसामा १८, मध्येप्रदेशमा २ र दिल्लीमा एक जनाको ज्यान गएको हो। अत्यधिक गर्मी भएपछि झारखण्डमा १ हजार ३ सय २६ जना अस्पताल भर्ना भएका छन्। पछिल्लो ३ दिनमा गर्मीकै कारण बिहारमा ६९ जनाको मृत्यु भएको तथ्यांक छ। जसमा यूपी–बिहारमा शुक्रबार मात्र ४० जनाभन्दा बढीको मृत्यु भएको छ। तीमध्ये लोकसभा चुनावी काममा खटिएका २५ कर्मचारी र अधिकारी छन्।

४८.२ डिग्री मापन, १४ राज्यमा तातो लहर

मौसम विभागका अनुसार शुक्रबार भारतमा सबैभन्दा बढी ४८.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। जुन कानपुरमा रेकर्ड गरिएको हो। यसैगरी दोस्रो गर्मी हुने स्थानमा हरियाणाको सिरसा छ। जहाँ ४७.८ डिग्री सेल्सियस तापक्रम पुगेको थियो। राजधानी नयाँ दिल्लीमा भने ४७ डिग्री सेल्सियस मापन भएको थियो। राजस्थान, उत्तर प्रदेश, पञ्जाब, हरियाणा, दिल्ली, ओडिसा, महाराष्ट्र, मध्येप्रदेश, बिहार, झारखण्ड, छत्तीसगढ, उत्तराखण्ड, आन्ध्र प्रदेश र हिमाचलमा शनिबार तातो लहरको सम्भावना देखिएको विभागले जनाएको थियो।

राष्ट्रिय संकटकाल घोषणा गर्न निर्देशन

चरम मौसमी समस्या र गर्मीले अधिक समस्या भएपछि भारतीय अदालतले एक सातामा सयौं मानिसको निधन भएको उल्लेख राष्ट्रिय संकटकाल घोषणा गर्न सरकारलाई निर्देशन दिएको छ। तापक्रम ४८ डिग्री नाघेपछि भएको अधिक गर्मीका कारण देशका विभिन्न भागमा देखिएको उष्ण लहरको समस्यालाई राष्ट्रिय संकटकाल घोषणा गर्न भनेको हो। अनुसन्धानकर्ताहरूले मानव–प्रेरित जलवायु परिवर्तनले भारतमा विनाशकारी गर्मीको प्रभाव निम्त्याएको बताएका छन्। भारत विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको राष्ट्र हो। जुन देश हरित गृह ग्यासहरूको तेस्रो सबैभन्दा ठूलो उत्सर्जक हो।

Continue Reading

Banner

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

Published

on

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ ।

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६५ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको १५० रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ तथा डिजेल र मट्टीतेलको १५२ रूपैयाँ पर्नेछ ।

यस्तै तेस्रो वर्गअन्तर्गत काठमाण्डौ पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६८ रूपैयाँ तथा डिजेल र मट्टीतेलको १५३ रूपैयाँ पर्नेछ ।

निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक